News Griha :: न्यूजगृह

काठमाडौं— नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । 

मंगलवार उनीहरूले एनओसी दिनुपर्ने माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । सरकारले गत वर्षको चैत्र २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

विभिन्न इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) विषयलाई लिएर दबाबमूलक प्रदर्शन गरेका थिए । उनीहरूले एनओसी विधेयक खारेज गर्, विद्यार्थी मार्न पाइँदैन, प्रहरी दमन मुर्दावाद, शिक्षा मन्त्रालय जान दे, शिक्षामन्त्री बोलाइ दे लगायतका नारा लगाएर विरोध प्रदर्शन गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:४७
Weather Update