जालसाझी गरेको आरोपमा दुई पक्राउ आइतबार, वैशाख २४, २०८०

भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडा कारबाही होस् : एमाले अध्यक्ष ओली आइतबार, वैशाख २४, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताएका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा ठूलो भारी बोक्न सक्दैन : गभर्नर अधिकारी आइतबार, वैशाख २४, २०८० नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् ।

शरणार्थी प्रकरणमा नाम मुछिएपछि आरजुले भनिन्– नक्कली मान्छेहरू खडा गरेर अडिओ बनाइयाे, डराउँदिन आइतबार, वैशाख २४, २०८० नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् ।

एन्फाले बोलायो आकस्मिक बैठक आइतबार, वैशाख २४, २०८० अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो ।

सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति आइतबार, वैशाख २४, २०८० नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा आज राख्न प्रहरीलाई अनुमति दिएको छ ।

दिनभरिका खबर, न्यूजगृह समाचार आइतबार, वैशाख २४, २०८०

आफ्नै पार्टी लक्षित गगन थापाको अभिव्यक्ति– अब त अति भयो ! आइतबार, वैशाख २४, २०८० नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले आफ्नै पार्टीतर्फ लक्षित गर्दै त्यहाँको गतिविधिले आफू निराश भएको आशयको अभिव्यक्ति दिएका छन् ।

भुटानी शरणार्थी प्रकरण : प्रधानमन्त्री दाहाल भन्छन्– दोषी कोही पनि बच्न सक्दैनन् आइतबार, वैशाख २४, २०८० उनले भने, ‘मैले भनेको छु दोषी कोही बच्न सक्दैन । निर्दोष कोही पनि पर्दैन । सरकारको त्यही जोड छ । जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु ।’

ए डिभिजन लिगमा कुन–कुन क्बलको हार–जित ? आइतबार, वैशाख २४, २०८० शहीद स्मारक ए डिभिजन लिगमा आइतबार साविक विजेता मच्छिन्द्र क्लबले विभागीय टोली नेपाल एपीएफ फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब संकटासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने गिरोहमा भारतीय परिवार संलग्न आइतबार, वैशाख २४, २०८० आरोपितहरूले ३० वर्षदेखि नेपालमा बसोबास गरेको भनेपनि उनीहरू करिब १०–१२ वर्षदेखि मात्रै नेपाल बस्दै आएको र त्यो पनि पूरै समय नेपाल नबस्ने गरेको एसएसपी केसीले बताएका छन् । भन्छन्, ‘नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसाय गरेको देखिन्छ । धेरैको मिठाइ पसल छ ।’

एमाले संसदीय दलको बैठक : सशक्त प्रतिपक्षको रूपमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन आइतबार, वैशाख २४, २०८० नेकपा एमालेको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीका सांसदहरूलाई प्रभावकारी रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ ।
शरणार्थी प्रकरणमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग आइतबार, वैशाख २४, २०८० राष्ट्रिय सभाको आइतबारदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।









