भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडा कारबाही होस् : एमाले अध्यक्ष ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताएका हुन् ।
‘मैले प्रधानमन्त्रीजीलाई कडाइका साथ कारबाही गर्नुस् जो दोषी छन् भनेको छु,’ओलीले भने ।
अध्यक्ष ओलीले एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० २०:२८













