एन्फाले बोलायो आकस्मिक बैठक

काठमाडौं— अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । एन्फाले आफ्ना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई पत्र काट्दै आकस्मिक बैठकमा बोलाएको हो ।
एन्फाका महासचिव किरण राईले सोमबार आकस्मिक बैठक बोलाएको जानकारी दिए । यसअघि गत वर्षको फागुनमा भएको एन्फाको बैठकमा भने कार्यसमिति सदस्यबीच झन्डै हात हालाहाल भएको थियो ।
तीन उपाध्यक्ष दीर्घबहादुर केसी, विराटजंग शाही, दिपक खतिवडालगायतका सदस्यहरूले एन्फाको कार्यसमिति बैठक बहिष्कार गरेका थिए ।
एजेन्डैमा समावेश नगरेपछि विवाद भइरहेको बेला अध्यक्ष पंकज नेम्वाङ पक्षका कार्यसमिति सदस्य पुरुषोत्तम थापाले टेबल उचालेर पछार्दा सिसा फुटेपछि विवादले उग्र रूप लिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८० १९:४४