लडाकु शिविरमा अनियमितता भएको छैन, अनावश्यक बखेडा झिकियो : माओवादी केन्द्र आइतबार, जेठ ७, २०८०

बुद्ध एअरको जहाजमा मुसा भेटियो आइतबार, जेठ ७, २०८० जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एअरको नाइन एन–एजेएल जहाजमा आइतबार बिहान फेरि ट्रयापमा मुसा भेटिएको छ ।

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान आइतबार, जेठ ७, २०८० चौहान यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए। त्यसअघि उनी नयाँ पत्रिका दैनिकमा सम्पादक थिए।

नेप्से परिसूचक ५.८८ अङ्कले वृद्धि आइतबार, जेठ ७, २०८० नेप्से परिसूचक बढेसँगै आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता कारोबारमा आएको आदर्श लघुवित्तको शेयर मूल्य ६.५६ प्रतिशत घटेको छ ।

बागमतीमा ६ मन्त्रीले लिए शपथ आइतबार, जेठ ७, २०८० मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन्।

साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : रास्वपा सांसद गौतम आइतबार, जेठ ७, २०८० रास्वपा सांसद सोबिता गौतमले साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थाल्ने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राख्न माग गरेकी छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे राष्ट्रिय सभामा मिश्रित प्रतिक्रिया आइतबार, जेठ ७, २०८० आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरुले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सत्ता पक्षका दलहरूले नीति तथा कार्यक्रमको समर्थन गरेका छन् भने प्रतिपक्ष दलले असहमति प्रकट गरेको हो ।

व्यक्ति अनुकुल विचार फेर्ने मानिसले राष्ट्रको नेतृत्व गर्न सक्दैनः केपी ओली आइतबार, जेठ ७, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार व्यक्ति अनुकुल प्रस्तुत गर्ने मान्छेले राष्ट्रको नेतृत्व गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई व्यङ्ग्य कसेका छन् ।

राष्ट्रिय ललितकला प्रदर्शनी जेठ दोस्रो साता आइतबार, जेठ ७, २०८० आइतबार आयोजकले नेपाल कला परिषद्, बबरमहलमा १५ देखि ३० जेठसम्म ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा प्रदर्शनी आयोजना हुने जानकारी दिएको हो । प्रर्दशनीका लागि लोक कला तथा परम्परागत चित्रकला विधाका कला कृतिहरु, आधुनिक चित्रकला, वास्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका लगायतका कलाकृतिहरू नेपाल...

नीति तथा कार्यक्रममाथि कांग्रेस, एमाले, रास्वपाको संशोधन प्रस्ताव आइतबार, जेठ ७, २०८० नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा जानकारी गराएका हुन् । नीति तथा कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

ढोरपाटनका मेयर देवकुमार नेपाली सम्पर्कविहीन, अध्यागमनले राख्यो ‘कालोसूची’मा आइतबार, जेठ ७, २०८० इमेज सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । विदेश भाग्न सक्ने भन्दै अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको हो ।

सरकारको नीति तथा कार्यक्रमलाई कुनै पनि हालतमा समर्थन गर्न सकिदैनः ओली आइतबार, जेठ ७, २०८० नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै उनले तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरी ल्याउन पनि सरकारसँग माग गरे ।

पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार बनाउन सिफारिस आइतबार, जेठ ७, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई प्रतिवेदन बुझाउँदै न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो ।









