News Griha :: न्यूजगृह
स्वदेशी उत्पादन प्रोत्साहन गर्ने सरकारले नीतिको लाज राखोस् :  सांसद थापा
स्वदेशी उत्पादन प्रोत्साहन गर्ने सरकारले नीतिको लाज राखोस् :  सांसद थापा आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वदेशमै निर्मित विद्युतीय सवारी साधन यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या आएको बताए । उनले स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरूलाई निरुत्साहित गर्न नहुने बताए ।
धर्मको नाममा रोटी सेकाउने प्रवृत्ति बढ्दैछ : चित्रबहादुर केसी
धर्मको नाममा रोटी सेकाउने प्रवृत्ति बढ्दैछ : चित्रबहादुर केसी आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै सांसद केसीले धर्मको नारा लगाएर राजनीतिक रोटी सेकाउने र इसाई धर्मलाई हतियार बनाएर आफ्नो दुनो सोझाउने काम भइरहेको विषय एकदम गम्भीर भएको बताए ।
गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍यायो : ओली 
गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई संकटको डिलमा पुर्‍यायो : ओली  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै अध्यक्ष ओलीले विश्वको तीब्र आर्थिक विकास गर्ने १० वटा देश भित्र पुगेको नेपाललाई नागपासा खेले झै तल झारिएको आरोप लगाए ।
सरकारको नीति तथा कार्यक्रम उद्देश्य र गन्तव्यविहीन : एमाले अध्यक्ष ओली 
सरकारको नीति तथा कार्यक्रम उद्देश्य र गन्तव्यविहीन : एमाले अध्यक्ष ओली  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा उद्देश्य र गन्तव्यविहीन भएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै कार्यक्रममा कसरी अघि बढ्ने भन्ने मार्गचित्र नै नभएको बताए । 
नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी : यो देशमा यस अघि सरकार थिएन ? 
नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी : यो देशमा यस अघि सरकार थिएन ?  आइतबार सरकारले संघीय संसद्मा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरू बढ्दा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गरे ।
सगरमाथा आरोही हरिबहादुरलाई राज्यले विमानस्थलमा सम्मान गरोस् : सांसद घर्ती
सगरमाथा आरोही हरिबहादुरलाई राज्यले विमानस्थलमा सम्मान गरोस् : सांसद घर्ती रोल्पाको थबाङ गाउँपालिका– ३ मिरुल निवासी बुढामगर  ५ जेठ, दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए ।  ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । 
तातोपानी नाकाबाट भित्रिन थाल्यो रासायनिक मल 
तातोपानी नाकाबाट भित्रिन थाल्यो रासायनिक मल  पछिल्लो सातादेखि तातोपानी नाकाबाट करिव ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । 
उखु किसानको समस्या तत्काल समाधान गर्न सांसदहरूको माग
उखु किसानको समस्या तत्काल समाधान गर्न सांसदहरूको माग आइतबार प्रतिनिधि सभाको बैठकमा उनले नगदे बालीलाई सरकारले उधारो वाली बनाइदिएको बताए ।
करिब एक क्विन्टल गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ
करिब एक क्विन्टल गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १ चौकीटोलबाट प्रहरीले करिब एक क्विन्टल गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
८ सयले बढ्यो सुनको मूल्य 
८ सयले बढ्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । 
नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीसहित ४ जना मुख्य योजनाकार 
नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीसहित ४ जना मुख्य योजनाकार  जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानले मुख्य योजनाकारमा रायमाझीसहित पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, मोरङका केशव दुलाल र ललितपुरका सानु भण्डारीलाई औँल्याएको छ ।
निःशुल्क उपचार नगर्ने अस्पताललाई काठमाडौं महानगरले कारबाही गर्ने
निःशुल्क उपचार नगर्ने अस्पताललाई काठमाडौं महानगरले कारबाही गर्ने महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै भनेका छन्,‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको दश प्रतिशत शैया छुट्ट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४...
Weather Update