News Griha :: न्यूजगृह
नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीसहित ४ जना मुख्य योजनाकार 

काठमाडौं— नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरी भएको ठगी प्रकरणमा प्रहरीले चार जना मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानले मुख्य योजनाकारमा रायमाझीसहित पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, मोरङका केशव दुलाल र ललितपुरका सानु भण्डारीलाई औँल्याएको छ ।

नक्कली भुटानी प्रकरणमा प्रहरीले ४ मुख्य योजनाकारसहित १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे लगायत बिचौलिया छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लामो अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई आइतबार प्रतिवेदन बुझाउन लागेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन अध्यन गरेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:४०
Weather Update