News Griha :: न्यूजगृह
करिब एक क्विन्टल गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ

काठमाडौं— मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १ चौकीटोलबाट प्रहरीले करिब एक क्विन्टल गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका १८ वर्षीय किशोर समेत ३ जना छन् । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको हो ।

उनीहरु भारतीय नम्बर प्लेटको कारमा थिए । कारलाई जाँच गर्ने क्रममा ९२ केजी गाँजा फेला परेको थियो ।  

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:५७
Weather Update