News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, भएको के हे? 
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, भएको के हे?  मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका पौडेललाई अस्पताल भर्ना गरिएको हो  । २४ घन्टासम्म अवलोकनमा राख्नुपर्ने भएकोले पौडेललाई भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।
प्रहरीले गर्‍यो ६ हजार २ सय ६८ थान हातहतियार नष्ट
प्रहरीले गर्‍यो ६ हजार २ सय ६८ थान हातहतियार नष्ट भरुवा बन्दुक ६ हजार १ सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एअर गन १ थान र नाम नखुलेको १३ थान गरी जम्मा ६ हजार २ सय ६८ थान हातहतियार मंगलबार नष्ट गरिएको हो । ती हतियार काठमाडौं महानगरपालिका ११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल...
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी 
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी  सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।
नागरिकताविहीन एक युवाद्वारा आत्मदाहको प्रयास, माइतीघर मण्डलामा तनाव 
नागरिकताविहीन एक युवाद्वारा आत्मदाहको प्रयास, माइतीघर मण्डलामा तनाव  मंगलबार माइतीघर मण्डलामा प्रदर्शनको क्रममा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । उनलाई प्रदर्शनमा सहभागी युवाहरू र सुरक्षाकर्मीले रोके । 
साम्बा इजरायली क्लब एएफसीमा अनुबन्धित
साम्बा इजरायली क्लब एएफसीमा अनुबन्धित इजरायली क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत साम्बालाई अनुबन्धन गरिएको जानकारी दिएको हो । योसँगै साम्बा युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’
कोशी प्रदेशका ८५ हजार पशुमा ‘लम्पीस्किन’ कोशी प्रदेशका ८५ हजार पशुमा लम्पीस्किन सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार एक सय पशु मरिसकेको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ ।
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ ।
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम चार अर्बभन्दा बढी
नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम चार अर्बभन्दा बढी यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा मंगलबार पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो ।
सदस्य सचिव थापाले रुँदै भने : जलहरीमा भ्रष्टाचार भए मृत्युदण्ड भोग्न तयार छु 
सदस्य सचिव थापाले रुँदै भने : जलहरीमा भ्रष्टाचार भए मृत्युदण्ड भोग्न तयार छु  पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव मिलन थापाले सुनको जलहरीमा आफूले घोटाला गरेको भए मृत्युदण्डको सजाय भोग्न तयार भएको बताएका छन् ।
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहलगायतका क्षेत्रमा सञ्चालन गर्नेगरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योल देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो । 
Weather Update