
बुधबार मध्यम वर्षाको सम्भावना, गर्मी भने कायमै रहने बुधबार, जेठ ३१, २०८० हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

टिपरको ठक्करबाट जडिबुटीमा एकको मृत्यु बुधबार, जेठ ३१, २०८० बा २ ख ३४३६ नम्बरको टिपरको ठक्करबाट जडिबुटीमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। मंगलबार राति सवा ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्तरप्रदेश चल्ने सवारीसाधनले संघबाटै अनुमति लिन अनिवार्य गरिँदै मंगलबार, जेठ ३०, २०८० अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण संघीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ।
![फूलमा माहुरी [तस्बिर]](https://newsgriha.com/uploads/posts/laliguras1686670635.jpg)
फूलमा माहुरी [तस्बिर] मंगलबार, जेठ ३०, २०८०

सुदूरपश्चिम प्रदेश सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित मंगलबार, जेठ ३०, २०८० नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए दोश्रो पटक विश्वासको मत मंगलबार, जेठ ३०, २०८० जेठ १ गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मंगलबार ३० औं दिनमा उनले विश्वासका मत लिएका हुन् ।उनलाई प्रमुख प्रतिपक्षी एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।

वीभत्स हत्या घटनाको अनुसन्धान गर्न सीआईबीको टोली नवलपरासीमा मंगलबार, जेठ ३०, २०८० नवलपरासीको प्रतापपुर गाउँपालिका– ८ मा गत सोमबार दम्पती हत्या भएको थियो ।

विद्यार्थी सङ्गठनले लगाएको ताला फोडेर बालेनले खुलाए विद्यालय मंगलबार, जेठ ३०, २०८० मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सरकारी होस वा निजी, विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न नसक्ने भन्दै महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएको बताएका छन् ।
दिनभरिका खबर, न्यूजगृह समाचार मंगलबार, जेठ ३०, २०८०

प्रचण्ड र बाबुरामविरुद्धको युद्ध अपराध मुद्दालाई सर्वोच्चले अग्राधिकार दिएपछि बाल लडाकु विष्टले के भने? मंगलबार, जेठ ३०, २०८० द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई विपक्षी बनाएर सशस्त्र युद्धका दौरान बाल सेना प्रयोग र युद्ध अपराधको गरेको जिकिर गर्दै दायर मुद्दामा सर्वोच्चले मंगलबार कारण देखाउ आदेश जारी गरेको हो ।

बिहे गर्न दबाब दिएपछि हत्या, आरोपित पक्राउ मंगलबार, जेठ ३०, २०८० पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका– १८ का २२ वर्षीय ओमलाल मण्डल छन् । जेठ २८ गते धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ मा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो ।

मन्त्रिपरिषद् बैठक : बजेटबारे भएन ठोस निर्णय मंगलबार, जेठ ३०, २०८० मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि ठोस निर्णय हुन नसके पछि यही विषयमा मात्रै छलफल गर्ने सहमति भएको कानून मन्त्री धनराज गुरुङले बताए।









