वीभत्स हत्या घटनाको अनुसन्धान गर्न सीआईबीको टोली नवलपरासीमा

काठमाडौं— एक दम्पती हत्या घटना अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पश्चिम नवलपरासीमा खटिएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका– ८ मा गत सोमबार दम्पती हत्या भएको थियो ।
उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मलाको वीभत्स हत्या भएको हो । उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सीआईबी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ । मृतक दम्पती सामान्य खेतीपातीसँगै भैँसीपालन गर्थे।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० २०:३१