News Griha :: न्यूजगृह
बिहे गर्न दबाब दिएपछि हत्या, आरोपित पक्राउ 

काठमाडौं— धनुषामा महिलाको हत्या गरी फरार रहेका युवक चितवनबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका– १८ का २२ वर्षीय ओमलाल मण्डल छन् । जेठ २८ गते धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ८ मा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो ।

बरामद शव ४२ वर्षीया उषा दासको रहेको खुलेको थियो । ओमलाललाई धनुषा प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।

मृतक उषा र ओमलालबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ओमलाललाई उषाले पटक पटक विवाह गर्न भनेपनि उनले नमानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उनीहरुबीच जेठ २५ गते विवाह कै विषयमा विवाद भएको थियो । त्यसपछि ओमलालले एक थप्पड हानेपछि उषा घर बाहिर निस्केर भाग्न खोजिन । त्यसपछि घाँटी थिचेर ओमलालले उषाको हत्या गरेको प्रहरीले जनाएको छ । उषाको मृत्यु भएपछि शवलाई गाडेको बयान ओमलालले प्रहरीसमक्ष दिएका छन्  । उषाका श्रीमानको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:२०
Weather Update