७ वटा संसदीय समितिको बैठक बस्दै बुधबार, जेठ ३१, २०८०

बस्ती जोगाउन तटबन्ध बुधबार, जेठ ३१, २०८० तटबन्ध निर्माणपछि झन्डै ७० घरधुरीको संरक्षण भएको वडाध्यक्ष आशबहादुर गुरुङले बताए। वर्षायाम सुरु भएसँगै त्यस क्षेत्रका मानिस रातभर जाग्राम बस्नुपर्ने बाध्यता थियो ।

गण्डकीमा ‘प्रदेशको उत्पादन : हाम्रो पहिचान’ कार्यक्रम बुधबार, जेठ ३१, २०८० उक्त कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सार्वजनिक निकायहरूमा प्रदेशभित्र उत्पादित वस्तु उपयोग गर्ने नीति लिइने सरकारले जनाएको छ । ‘आर्थिक विकासको आधार, उद्यमशीलता र रोजगार’ नारालाई परिस्कृतरूपमा लागू गर्न स्थानीय तहहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ ।

विवाह गर्न वडाको सिफारिस अनिवार्य बुधबार, जेठ ३१, २०८० बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भने, 'बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।'
![कांग्रेसको भ्रातृ संस्था महिला सङ्घमा थपिए ५२ सदस्य [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nepali-congress-party-office-sanepa1683108161.jpg)
कांग्रेसको भ्रातृ संस्था महिला सङ्घमा थपिए ५२ सदस्य [सूचीसहित] बुधबार, जेठ ३१, २०८० कांग्रेस सभापति शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मंगलबार ५२ जनालाई मनोनयन गरेका हुन् ।

घरभाडामा छुट दिन व्यवसायीको माग बुधबार, जेठ ३१, २०८० कास्की आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसँग माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो ।

कोशी प्रदेशमा आज नीति तथा कार्यक्रम बुधबार, जेठ ३१, २०८० अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउन बुधबार नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आजको फलफूल तथा तरकारीको मूल्य बुधबार, जेठ ३१, २०८० जसअनुसार, नेपाली ठूलो गोलभेँडा ३०, भारतीय ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ५ रुपैयाँ, रातो आलु ४० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ स्थानीय काउली ५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए बुधबार, जेठ ३१, २०८० आगामी जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियलटाइगर्सले अनुबन्ध गरेको हो ।

बेनी–जोमसोम सडक अवरुद्ध बुधबार, जेठ ३१, २०८० सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न बागमती सभ्यता समिति बुधबार, जेठ ३१, २०८० उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण बागमती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले बागमती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्ड दाङ र दैलेख जाँदै बुधबार, जेठ ३१, २०८० दिउँसो साढे २ बजे प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर मार्फत दुल्लु जान लागेका हुन् । उक्त कार्यक्रम दुल्लु नगरपालिका– १२ स्थित दह गाउँमा हुँदैछ । दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो ।

विश्व रक्तदाता दिवस आज, विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै बुधबार, जेठ ३१, २०८० यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८ औँ विश्व स्वास्थ्य सभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रुपमा नामकरण गरिएको थियो ।









