क्रिकेट
सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।
आगामी जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियलटाइगर्सले अनुबन्ध गरेको हो ।
दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । यसअघि नेपालका सन्दीप र सोमपाल कामीसहितपारस खड्का, कुशल मल्ल र करण केसीले विभिन्न विदेशी लिग खेलिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० ०७:३९