News Griha :: न्यूजगृह
बस्ती जोगाउन तटबन्ध
प्रतीकात्मक तस्बिर ।

तनहुँ आँबुखैरेनी गाउँपालिका– २ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय र मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाको संयुक्त सहयोगमा तटबन्ध निर्माण गरेको हो ।

तटबन्ध निर्माणपछि झन्डै ७० घरधुरीको संरक्षण भएको वडाध्यक्ष आशबहादुर गुरुङले बताए। वर्षायाम सुरु भएसँगै त्यस क्षेत्रका मानिस रातभर जाग्राम बस्नुपर्ने बाध्यता थियो ।  

आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेश सरकारले बस्ती संरक्षणका लागि  ८ लाख रुपैयाँ विनियोजन गरेको थियो । मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाले एक सय २० र गण्डकी प्रदेश सरकारले ५० मिटर तटबन्ध गरेको हो।रासस 

 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०९:२६
Weather Update