दुर्घटना
टिपरको ठक्करबाट जडिबुटीमा एकको मृत्यु

काठमाडौं— बा २ ख ३४३६ नम्बरको टिपरको ठक्करबाट जडिबुटीमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
मंगलबार राति सवा ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बागमती प्रदेश-०२-०२६प २१२१ नम्बरको मोटरसाइकल चालक घाइते भएका छन्। मृत्यु हुनेमा दोलखा घर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर थापा मगर छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारका क्रममा सवा १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घाइते ४० वर्षीय कुमार थापा मगरको भने मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० ०६:१४