News Griha :: न्यूजगृह
प्रहरीले गर्‍यो ६ हजार २ सय ६८ थान हातहतियार नष्ट

काठमाडौं— प्रहरीले ६ हजार २ सय ६८ थान हातहतियार नष्ट गरेको छ ।

भरुवा बन्दुक ६ हजार १ सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एअर गन १ थान र नाम नखुलेको १३ थान गरी जम्मा ६ हजार २ सय ६८ थान हातहतियार मंगलबार नष्ट गरिएको हो । ती हतियार काठमाडौं महानगरपालिका ११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको हो ।

हातहतियार, खरखजाना एवम् विस्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानून बमोजिम व्यवस्थापन एवम् संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नष्ट गरिएका हतियार विभिन्न मिति र स्थानबाट जफत भएका, प्राप्त भएका, बरामद भएका वा वेवारिसे हुन्  ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:१६
Weather Update