साम्बा इजरायली क्लब एएफसीमा अनुबन्धित

काठमाडौं— नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ इजरायली क्लबमा अनुबन्धित भएकी छन् ।
स्ट्राइकर साम्बा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्धित भएकी हुन् । योसँगै साम्बाले आगामी सिजनमा इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानाबाट फुटबल खेल्ने पक्का भएको छ ।
इजरायली क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत साम्बालाई अनुबन्धन गरिएको जानकारी दिएको हो । योसँगै साम्बा युरोपेली क्लबमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
साम्बा अनुबन्धित गोकुलम केरेलाले भारतको इन्डियन वुमन्स लिग पनि जितेको थिये । उनले प्रतियोगिता भर ३० गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १७:४४