News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी 

काठमाडौं— सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष माओवादीका नेता एवं प्रधानमन्त्री प्रचण्ड र नेता भट्टराईलाई विपक्षी बनाएर सशस्त्र युद्धका बालसेना तथा अयोग्य लडाकु लेनिन विष्टले  सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश दिएको हो । रिटलाई अग्राधिकार दिने आदेश समेत दिएको छ । 

१० वर्षे सशस्त्र युद्धमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध मुद्दा दायर भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:०४
Weather Update