राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, भएको के हे?

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जानकारी दिएको छ ।
मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका पौडेललाई अस्पताल भर्ना गरिएको हो । २४ घन्टासम्म अवलोकनमा राख्नुपर्ने भएकोले पौडेललाई भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेललाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी छ ।
यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा मुटुको उपचार गरिएको थियो । उनी उपचारपछि वैशाख १७ गते स्वदेश फर्किएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८० १८:३०













