News Griha :: न्यूजगृह
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ नै ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका योजनाकार
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ नै ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका योजनाकार ललिता निवास जग्गा हिनामिना भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतको योजनामा भएको दाबी सीआईबीको छ । शोभाकान्त ढकाललाई थुनामा पठाएको छ ।
न्याय सम्पादन छिटो, छरितो र सर्वसुलभ बनाउन सरकार गम्भीर छ : कानुनमन्त्री गुरुङ
न्याय सम्पादन छिटो, छरितो र सर्वसुलभ बनाउन सरकार गम्भीर छ : कानुनमन्त्री गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय सम्पादनलाई छिटो, छरितो र सर्वसुलभ बनाउने विषयमा आफ्नो मन्त्रालय गम्भीर रहेको बताएका छन् । 
मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किनेजस्ता समस्या
मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किनेजस्ता समस्या मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्नेजस्ता समस्या देखिन सक्ने बताइएको छ । 
पर्यटन मन्त्रालयले सोध्यो प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण
पर्यटन मन्त्रालयले सोध्यो प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेको छ ।
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एअरलाइन्स
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एअरलाइन्स राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ ।
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते
जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मेलम्ची खानेपानी बर्खामा पनि सञ्चालन गर्ने योजना
मेलम्ची खानेपानी बर्खामा पनि सञ्चालन गर्ने योजना विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएकामा यो वर्षदेखि  वर्षाभर पनि ल्याउने योजना बनाइएको छ । ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो । 
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री महतले भने, ‘जिल्ला निर्वाचन कार्यालय जसरी निर्वाचन आयोगले राख्न चाहन्छ, त्यसरीनै रहन्छ ।’
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन 
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन  ‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाइ सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजा समेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’
काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेकोप्रति एमाले अध्यक्षद्वारा चिन्ता व्यक्त  
काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेकोप्रति एमाले अध्यक्षद्वारा चिन्ता व्यक्त   सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ५० लाखभन्दा बढी मानिस बस्ने काठमाडौं विश्वका प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पर्नु स्वास्थ्यको दृष्टिकोणले चिन्ताको विषय भएको भन्दै यस विषयमा चिन्तन गर्नु आवश्यक भएको बताएका छन् । 
२०० रुपैयाँले बढ्यो सुनको मूल्य 
२०० रुपैयाँले बढ्यो सुनको मूल्य  मङ्गलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 
युरोपेली सङ्घद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन
युरोपेली सङ्घद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन लक्जेम्बर्गमा भएको बैठकपछि ईयूका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि रकम विनियोजन गरेको छ।
Weather Update