News Griha :: न्यूजगृह
रास्वपा र एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
रास्वपा र एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमातहत राख्ने सरकारको निर्णयको विरोध गर्दै रास्वपाले सदन अवरोध गरेको हो । नेकपा एमालेले पनि यस विषयमा सरकारको जवाफ माग गरेको छ । 
पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै
पानीको बहाव थेग्न नसकेपछि ‘डाइभर्सन’ अधुरै बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुन सकेको छैन । सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो ।
८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात
८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्‍याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाइसम्बन्धी सीपलाई व्यावसायिक बनाएर जीवनयापन गर्दै आएकी उनले बुनेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने गरेको छ ।
उत्कृष्ट सासू–बुहारी सम्मानित
उत्कृष्ट सासू–बुहारी सम्मानित पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले फिक्कल गाउँपालिकाले सासू–बुहारीलाई सम्मान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू–बुहारीलाई सम्मान गरेको हो ।
काठेपुल तर्दै बालक
काठेपुल तर्दै बालक
कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान
कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो ।
काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानीमा दिसाजन्य किटाणु भेटियो
काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानीमा दिसाजन्य किटाणु भेटियो काभ्रेपलाञ्चोकमा पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ ।
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा कुमारी बैंकले आफ्नो संस्थापक समूहको शेयर आजबाट बिक्रीमा राखेको छ ।
जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु
जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
Weather Update