जंगली हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

झापा— झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
भद्रपुर नगरपालिका–७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारलाई मंगलबार बिहान महेन्द्र पोखरेलको चिया बगानमा जंगली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ०९:२८