News Griha :: न्यूजगृह
साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग भिड्दै

काठमाडौं— भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग भिड्दै छ ।

भारतको बेंग्लोरस्थित कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न ३:४५ बजेदेखि खेल सुरु हुनेछ ।

यसअघिका दुवै खेलमा पराजित नेपाल पहिलो जितको खोजीमा रहनेछ ।

समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँ ग ३–१ गोलले पराजित भएको थियो ।

दोस्रो खेलमा भारतसँग २–० गोले पराजित हुँदै नेपाल एक खेल अघि नै बाहिरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०९:४९
Weather Update