भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ

काठमाडौं— ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई केहीबेरअघि नक्सालबाट पक्राउ गरेको हो । उनी ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित हुन् ।
उनीविरुद्ध सरकारी कागजात किर्ते कसुरमा अनुसन्धान हुने सीआईबी स्रोतको भनाई छ । ललिता निवासको जग्गा हडप्न उनले सरकारी कागजात किर्ते गरेको आरोप लागेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० ११:५०