News Griha :: न्यूजगृह
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं— कुमारी बैंकले आफ्नो संस्थापक समूहको शेयर आजबाट बिक्रीमा राखेको छ ।

बैंकले ३ लाख १६ हजार १ सय ४० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

शेयरमा विद्यमान संस्थापकसँगै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय १० रुपैयाँ तोकिएको छ ।

असार १८ गतेसम्म खरिद आवेदन दिन सकिने छ ।  

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०९:३७
Weather Update