News Griha :: न्यूजगृह
२०० रुपैयाँले बढ्यो सुनको मूल्य 

काठमाडौं— नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्य बढेको छ । 

सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य मङ्गलबार पनि प्रतितोला दुई सय रुपैयाँ नै बढेको हो । छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:०१
Weather Update