स्पष्टीकरण
जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री महत

काठमाडौं— सरकार जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबाट पछि हटेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् ।
प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री महतले भने, ‘जिल्ला निर्वाचन कार्यालय जसरी निर्वाचन आयोगले राख्न चाहन्छ, त्यसरीनै रहन्छ ।’
बजेटमा जिल्ला निर्वाचन कार्यायल खारेजी हुने उल्लेख भएपनि खारेज नहुने उनको भनाइ छ । निर्वाचन कार्यालयहरूलाई सबल र सुदृढ बनाउन गर्नुपर्ने आवश्यक कामहरू गर्न सरकार तयार रहेको उनले बताए । सरकारले निर्वाचन आयोगको स्वतन्त्रताप्रति कुनै किसिमको सम्झौता नगर्ने उनको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले संसद अवरोध गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १२:४६