News Griha :: न्यूजगृह
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीमा रोक
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीमा रोक चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो ।
पुलाचौरको फाँटमा रोपाइँ
पुलाचौरको फाँटमा रोपाइँ
गण्डकीको बजेट खर्च ४७ प्रतिशत
गण्डकीको बजेट खर्च ४७ प्रतिशत गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेको छैन । असार दोस्रो सातासम्ममा कुल बजेटको ४७ दशमलव ५९ प्रतिशतमात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 
मुख्यमन्त्री कार्कीले पाउलान् विश्वासको मत ?
मुख्यमन्त्री कार्कीले पाउलान् विश्वासको मत ? कोशी प्रदेश सरकार निर्माणका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । वर्तमान गठबन्धन सरकारमा रहेका चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको गरी ४६ मत छ, भने एमाले एक्लैको ४० सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ सिट रहेको छ । 
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी रास्वपाले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्‍याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । 
बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली
बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका छन् । वार्षिक रु १४ लाख ४० हजार बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ । 
चलचित्र ‘परस्त्री’ प्रदर्शनमा
चलचित्र ‘परस्त्री’ प्रदर्शनमा प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए ।
किसानलाई अनुदानमा कृषि उपकरण
किसानलाई अनुदानमा कृषि उपकरण बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो । 
गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छ : अध्यक्ष ओली​​​​​​​
गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छ : अध्यक्ष ओली​​​​​​​ ‘आजकाल गुरु कुट्ने संस्कृति छ । बडा दुखद् कुरा हो यो । हाम्रो देश जस्तो एउटा सभ्यताको जग, सभ्यता सुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ,’ उनले भने, ‘त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा...
बकर इदको उल्लास
बकर इदको उल्लास यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । सरकारले यस पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । 
बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा एकता भावना अभिवृद्धि : पूर्वराष्ट्रपति भण्डारी
बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा एकता भावना अभिवृद्धि : पूर्वराष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
Weather Update