News Griha :: न्यूजगृह
बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा एकता भावना अभिवृद्धि : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

इद उल अजहा (बकर इद), २०८० का अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाजको विशिष्टता सामाजिक एवम् सांस्कृतिक विविधता भएकाले मानव जातिका मुख्य महाजातिहरू–आर्य, मङ्गोल, आष्ट्रिक र द्रविडअन्तर्गतका अनेकौँ जातजाति, जनजाति र भाषाभाषी साथै धार्मिक, सांस्कृतिक एवम् भौगोलिक वैविध्यका बीचमा आपसी सदभाव, सहिष्णुता, सहअस्तित्व र भाइचारायुक्त सौहार्दता नेपाली समाजको मौलिक पहिचान बन्न पुगेको बताएकी छिन् ।

बकर इदले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण र विकास गर्दै प्रगतिशील,सभ्य एवम् सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने उनले शुभकामना प्रकट गरेकी छिन् ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १०:१८
Weather Update