बूढानीलकण्ठमा भक्तजनको भीड [तस्बिरहरू]
![बूढानीलकण्ठमा भक्तजनको भीड [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/budhanilkantha1688012289.jpg)
काठमाडौं— आज हरिशयनी एकादशी । काठमाडौं उपत्यकासहित देशभरका भगवान् विष्णुका मन्दिर र घरघरमा तुलसी रोपेर मनाइँदैछ ।
काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा भीड लागेको छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरका तुलसी मठमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु भएकाे छ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीक मानिन्छ ।
आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भन्ने गरिन्छ ।
भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० १०:०१