मन निक्कै भारी छ, मस्तिष्क प्रश्नहरूले घेरिएको छ : कांग्रेस महामन्त्री थापा शनिबार, असार २३, २०८०

अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि शनिबार, असार २३, २०८० मुलुकमा अपराधका घटनाहरू बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

बागलुङका ७७ मुहानको खानेपानीमा ‘कोलीफर्म’ शनिबार, असार २३, २०८० बागलुङ जिल्लाका ७७ मुहानको खानेपानीमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ । जिल्लाका १० स्थानीय तहबाट दुई सय १३ खानेपानी मुहानको नमुना सङ्कलन गरी पानी परीक्षण गर्दा ७७ मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले छिट्टै ब्याजदर घटाउनेछन् : अर्थमन्त्री महत शनिबार, असार २३, २०८० उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गरे ।

धौलिगङ्गा बाँघ खोलिने : महाकाली किनारमा नजान आग्रह शनिबार, असार २३, २०८० महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

सरकारले युवा तथा खेल क्षेत्रलाई महत्व दिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ शनिबार, असार २३, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिले युवा तथा खेल क्षेत्रलाई महत्व दिँदै आएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुनेछ : घनश्याम भुसाल शनिबार, असार २३, २०८० ‘अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आइराख्या छ । स्वतन्त्र भन्ने जुन चिज आइराख्या छ । तिनको पनि त्यही हविगत हुन्छ । किनभने ती कसैले पनि यो दलाल पुँजीवादमाथि प्रश्न उठाएका छैनन्,’ उनले भने ।

विचौलियातन्त्रले राष्ट्रको नयाँ सपनाहरू खान्छ : घनश्याम भुसाल शनिबार, असार २३, २०८० भुसालले दलाल पुँजीवादले उद्यामबिनाका मानिसहरू पुँजीपति बनाउने पुँजीतन्त्रको सिर्जना गर्ने भन्दै त्यसले संसद्, कानुन, न्यायालय र राजनीतिक नेताहरू सबै खरिद गर्ने बताए ।

रङ्गशाला निर्माणमा ढिलाइ शनिबार, असार २३, २०८० प्रदेश सरकारले प्राथमिकतामा राखे पनि निर्माण प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । वन मन्त्रालयबाट जग्गा र रुख कटानका लागि अध्ययन गर्नेबाहेक अन्य प्रक्रिया सुरु नभएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता मनोज गरैले बताए ।

एसईईको पुनर्योगका लागि आवेदन माग शनिबार, असार २३, २०८० राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा सहभागी विद्यार्थीले प्राप्त ग्रेडमा चित्त नबुझेमा पुनर्योगका लागि आगामी साउन ५ गतेसम्ममा आवेदन दिन सूचना प्रकाशन गरेको छ ।

अहिले एमालेले सत्तालाई प्राथमिकता दिएको छैन : महासचिव पोखरेल शनिबार, असार २३, २०८० उनले भने, ‘अहिले हाम्रा लागि सत्ता प्रधान होइन । हाम्रा लागि राष्ट्रको भविष्य प्रधान हो । कमजोरहरूको सहकार्यबाट राष्ट्रको निर्माण हुन सक्दैन ।’

‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा शनिबार, असार २३, २०८० गोरखामा लम्पी स्किन फैलँदै गएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा. शर्मिला कुमालले बताइन् । जिल्लामा हालसम्म आठ हजार तीन सय ३९ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । यस रोगबाट एक सय चार गोरु मरिसकेका छन् ।

चारपाङ्ग्रेको ‘लाइसेन्स’ परीक्षा बागलुङबाटै शनिबार, असार २३, २०८० एघार वर्षपछि पुनः बागलुङमा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आउने भएको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।









