पहिरोले मुहान बगाउँदा विद्युत् अवरुद्ध शनिबार, असार २३, २०८०

सरकार यसरी नै चलिरहे ०८४ मा कांग्रेसले जोसँग मिले पनि जित्दैन : नेता पौडेल शनिबार, असार २३, २०८० नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् ।

देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा शनिबार, असार २३, २०८० उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए । ‘अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ,’ उनले भने ।

पूर्वाञ्चल विश्वविद्यालयले ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ पढाउने शनिबार, असार २३, २०८० पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको निर्माण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यसै शैक्षिकसत्रदेखि स्नातकोत्तर तहमा ‘कन्स्ट्रक्सन म्यानेजनमेन्ट’ र ‘इलेक्ट्रिकल पावर इञ्जिनियरिङ’ अध्ययन गराउने भएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रविको आपत्ति : यो देशको प्रधानमन्त्री यही देशका जनताले बनाउने हो, विदेशीले होइन शनिबार, असार २३, २०८० ‘प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो,’ उनले भने, ‘नेपाली जनताले निर्वाचित गरेर पठाएको, नेपाली जनताले प्रधानमन्त्री बनाएको । हाम्रो हस्ताक्षर छ । भारतले प्रधानमन्त्री बनायो । कोही अमुक व्यक्ति प्रधानमन्त्री बनाउन हिँड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न मिल्दैन ? माग्छौँ हामी जवाफ । त्यसपछि संसद चल्न दिन्छौँ ।’

‘युरोपको शान्तिका लागि नाटो बाधक हो’ शनिबार, असार २३, २०८० निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो सयम योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् ।

हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइ शनिबार, असार २३, २०८० हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ ।

डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु शनिबार, असार २३, २०८० डोटीमा गए राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको हो ।

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमुना टोल शनिबार, असार २३, २०८० साकेला गाउँपालिका–३ खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमुना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक पूरा गरेको पाइएपछि उक्त टोललाई पोषणमैत्री नमुना टोल सुनिश्चित र दिगोपना घोषणा गरिएको हो ।

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न शनिबार, असार २३, २०८० बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो ।

ठेक्का लगाएको नौ वर्षसम्म पनि बनेन मोटरेबल पुल शनिबार, असार २३, २०८० पहिलो पटकको ठेक्का सम्झौतापछि विसं २०७१ असार २९ गते तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त पुलको शिलान्यास गरेका थिए ।

मानव–वन्यजन्तु द्वन्द्व : पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी राहत क्षतिपूर्ति शनिबार, असार २३, २०८० पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । तर, यससँगै बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्सेनि दजनौँ व्यक्तिको मृत्यु तथा सरकारले बेहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने विभिन्न प्रश्न उठ्ने गरेका छन् ।










