News Griha :: न्यूजगृह
उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो । 
सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी स्वर्गीय सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्‍याइएको छ ।
वीरगन्जमा जथाभाबी फोहोर फ्याँक्नेलाई जरिबाना, महानगरले उठायो १४ लाख ९५ हजार 
वीरगन्जमा जथाभाबी फोहोर फ्याँक्नेलाई जरिबाना, महानगरले उठायो १४ लाख ९५ हजार  वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रभित्र जथाभाबी फोहोर फ्याक्नेसँग जरिबानाबापत राजस्व सङ्कलन गर्ने अभियान थालेको छ । जथाभाबी फोहोर फ्याक्ने र सडक दुर्गन्धित गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले महानगरले विसं २०७९ पुस १७ देखि जथाभाबी फोहोर फ्याक्नेबाट जरिबाना तिराउन थालेको हो ।
प्रधानमन्त्री पत्नी दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पत्नी दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त अध्यक्ष ओलीले आज एक ट्वीट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गरेका छन् । उनले दिवङ्गत दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् । 
भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त
भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल ट्वीटरर्माफत सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । साथै उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्राथना गरेका छन् । 
ललिता निवासमा प्रहरी नीति : कर्मचारीलाई जेल, व्यापारीलाई उन्मुक्ति
ललिता निवासमा प्रहरी नीति : कर्मचारीलाई जेल, व्यापारीलाई उन्मुक्ति स्रोतका अनुसार व्यापारी र सहयात्री दलका शीर्ष नेतालाई तर्साउन प्रधानमन्त्री प्रचण्डले ललिता निवासको फाइल खोल्न लगाएका हुन् । ‘प्रचण्डजी कुटिल राजनीतिक खेलाडी हो । उहाँको अहिले व्यापारीसँग समेत त्यति राम्रो सम्बन्ध छैन । ठूला व्यापारी सबैले सरकारी जग्गा किनेका छन्,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘सत्ता गठबन्धन समेत धरापमा पर्ने भएपछि...
प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मान सहित अन्त्येष्टि गरिने
प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मान सहित अन्त्येष्टि गरिने आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राजकीय सम्मान सहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
प्रचण्ड पत्नी दाहालको निधनले समाजवादी मोर्चाको बैठक अनिश्चित
प्रचण्ड पत्नी दाहालको निधनले समाजवादी मोर्चाको बैठक अनिश्चित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
राष्ट्रपति पौडेलले दिए टेलिफोनबाट प्रधानमन्त्री दाहाललाई समवेदना 
राष्ट्रपति पौडेलले दिए टेलिफोनबाट प्रधानमन्त्री दाहाललाई समवेदना  प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्तालयागत विभिन्न व्यक्तिहरूले घटनास्थल पुगेर, टेलिफोनमार्फत तथा सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् । 
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिइँदै 
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली दिइँदै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिँदै छ । उनको दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ । अन्तिम श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीरलाई माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा राखिएको छ । 
नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित]
नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित] विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक–पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ ।
मन्टेश्वरीको सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु, सञ्चालक सहित तीन पक्राउ
मन्टेश्वरीको सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु, सञ्चालक सहित तीन पक्राउ सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Weather Update