News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले दिए टेलिफोनबाट प्रधानमन्त्री दाहाललाई समवेदना 
फाइल तस्बिर : राष्ट्रपति रामचन्द्र पाैडेल ।

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

पौडेलले सीताको निधनले आफूलाई दुःखी बनाएको भन्दै प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी समवेदना दिएका छन् । 

उनले भनेका छन्, ‘दुःखको यस घडीमा प्रधानमन्त्री सहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गर्छु ।’

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्तालयागत विभिन्न व्यक्तिहरूले घटनास्थल पुगेर, टेलिफोनमार्फत तथा सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:०५
Weather Update