News Griha :: न्यूजगृह
भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त
फाइल तस्बिर : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ।

काठमाडौं— भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल ट्वीटरर्माफत सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । साथै उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्राथना गरेका छन् । 

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १४:१४
Weather Update