नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित]
![नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित]](https://newsgriha.com/uploads/posts/tribhuvan-university-logo-1689144634.jpg)
काठमाडौं— त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ ।
विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक–पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ ।
विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाण सहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो । रासस
प्रकाशित मिति: बुधबार, असार २७, २०८० १२:३५