अन्तर मन्त्रालयबीच समन्वय नहुँदा विकास निर्माणमा कठिनाइ भयो : मन्त्री गुरुङ [भिडिओसहित] बुधबार, साउन १०, २०८०

सुन प्रकरणमा कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा बुधबार, साउन १०, २०८० प्रतिनिधि सभामा नेपाली कांग्रेस कै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १०० केजी सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न...
सुन प्रकरण छानबिन गर्न संसद्मा एमालेको माग बुधबार, साउन १०, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ । प्रतिनिधि सभाको बुधबारको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले बोल्न प्रमुख सचेतक पदम गिरीलाई समय दिएका छन् ।
सुन प्रकरणको विषयमा सरकारले केही गर्न सकेन : एमाले सांसद रघुजी पन्त [भिडिओसहित] बुधबार, साउन १०, २०८० नेकपा एमालेका सांसद रघुजी पन्तले सुन प्रकरणको विषयमा सरकारले केही गर्न नसकेको टिपप्णी गरेका छन् । बुधबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकपछि सांसद पन्तले सरकारले काम नगरेको तर कुरा भने ठूलो गर्ने गरेको आरोप लगाए ।
![माओवादी पदाधिकारी बैठक पुनः बस्ने [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/Maobadi center1684668490.jpg)
माओवादी पदाधिकारी बैठक पुनः बस्ने [भिडिओसहित] बुधबार, साउन १०, २०८० बुधबार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा साउन १७ गतेबाट बस्ने केन्द्रिय समितिको एजेण्डा तयार गर्ने विषयमा प्रारम्भिक छलफल गरेको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

सुन तस्करी प्रकरणमा न्यायिक छानविन समिति नबनाएसम्म एमालेले संसद् चल्न नदिने बुधबार, साउन १०, २०८० बुधबार संसद् बैठक अघि बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन बारे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको हो । एमालेको संसदीय दलको बैठकको कारण अपरान्ह एक बजेका लागि बोलाइएको संसद् बैठक समयमा नै सुरु हुन सकेको छैन ।

सुन तस्करीको विषयमा रास्वपाले संसद्मा दर्ता गर्यो सार्वजनिक महत्वको प्रस्ताव बुधबार, साउन १०, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।बुधबार नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरेको हो । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसद्मा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

विश्व पौडी च्याम्पियनसिप : गौरिका सिंहले राखिन अर्को नयाँ राष्ट्रिय कीर्तिमान बुधबार, साउन १०, २०८० बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा भारतको गुवाहाटीमा आयोजना भएको १२ औं साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यस अघि गौरिकाले यसै च्याम्पियनसिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन् ।

भियना विश्वकै सबैभन्दा बस्नयोग्य शहर बुधबार, साउन १०, २०८० इकोनमिस्ट इन्टेलिजेन्स युनिट ईआईयूले विश्वभर शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यावरण, स्थिरता लगायतका सूचकका आधारमा बस्न योग्य शहरको सूची सार्वजनिक गर्ने गर्दछ। सूचीको दोस्रो नम्बरमा डेनमार्कको कोपनहेगन, तेस्रोमा अष्ट्रेलियाको मेलबर्न र चौथो नम्बरमा अष्ट्रेलियाकै सिड्नी बस्न योग्य शहर बनेका छन् ।
![वित्तीय संस्था पीडित संघर्ष समिति दिनहुँ प्रदर्शनमा, १७ जना पक्राउ [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/finance pidit (4)1690358615.jpg)
वित्तीय संस्था पीडित संघर्ष समिति दिनहुँ प्रदर्शनमा, १७ जना पक्राउ [भिडिओसहित] बुधबार, साउन १०, २०८० लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समितिका केन्द्रीय सदस्य सुनिल चौधरीका अनुसार बुधबार माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्ने क्रममा प्रहरीले १७ जनालाई पक्राउ गरेको हो ।
बढ्यो सुन चाँदीको भाउ बुधबार, साउन १०, २०८० नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ । तेजाबी सुन अघिल्लो दिन एक लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार बुधबार, साउन १०, २०८० समग्रमा साइबर सुरक्षाको नेतृत्व सङ्घीय सरकारले गर्ने र चुनौतीको सामना गर्न आवश्यक कार्य गर्न प्रदेश र स्थानीय तहलाई परिचालन गर्ने योजना बनाउनु पर्ने हुन्छ । सङ्घीय सरकारले साइबर सुरक्षा नीति बनाइरहेको बुझिन आएको छ । उक्त नीतिमा संस्थागत संरचना बनाउँदा ध्यान पुर्याउनुपर्ने देखिन्छ । एकात्मक चिन्तन र सोचले साइबर सुरक्षा...

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै बुधबार, साउन १०, २०८० सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरूप भवन बनाउन लागिएको हो । मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने लक्ष्य लिइएको छ।


![अन्तर मन्त्रालयबीच समन्वय नहुँदा विकास निर्माणमा कठिनाइ भयो : मन्त्री गुरुङ [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/sita gurung samiti baithak1690366257.jpg)






