News Griha :: न्यूजगृह
सुन तस्करीको विषयमा रास्वपाले संसद्मा दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।बुधबार नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरेको हो । 

उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसद्मा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ । 

त्यसैगरि प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीकै विषयलाई लिएर संसद्मा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्ने भएको छ । 

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १४:२२
Weather Update