News Griha :: न्यूजगृह
बढ्यो सुन चाँदीको भाउ

काठमाडौं—  साताको चौथो कारोबारको दिन सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य  प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ । तेजाबी सुन अघिल्लो दिन एक लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १३:१३
Weather Update