News Griha :: न्यूजगृह
त्रिशूली दुर्घटना अपडेट : ६ जनाको सनाखत 
त्रिशूली दुर्घटना अपडेट : ६ जनाको सनाखत  धादिङको गजुरी गाउँपालिका—२ मा बुधबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ८ मध्ये ६ जनाको सनाखत भएको छ ।
१० हजार घुससहित अमिन पक्राउ
१० हजार घुससहित अमिन पक्राउ सिरहाको लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव १० हजार घुस रकमसहित बुधबार दिउँसो पक्राउ परेका छन् ।
काठमाडौं महानगरले असुल गर्‍यो चालु आवको पहिलो महिनामा ६५ करोड राजस्व
काठमाडौं महानगरले असुल गर्‍यो चालु आवको पहिलो महिनामा ६५ करोड राजस्व काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ ।
चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्री दाहालले दिए भारतलाई बधाई
चन्द्रयान–३ को सफल अवतरणपछि प्रधानमन्त्री दाहालले दिए भारतलाई बधाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन् ।
तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो : प्रहरी 
तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो : प्रहरी  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसले अगाडिको गाडी उछिन्ने क्रममा अथवा सडकको खाल्डो छलाउन खोज्दा अनियन्त्रित भई सब त्रिशूलीमा खसेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखिएको छ । 
कोशी प्रदेश सभा बैठक स्थगित
कोशी प्रदेश सभा बैठक स्थगित प्रतिपक्षी दलको विरोध र बहिष्कारका कारण कोशी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधबार बैठक सुरु हुनासाथ उठेर विरोध जनाउँदै प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले नाराबाजी गरेका थिए ।
चन्द्रयान–३ : आँखा अगाडि इतिहास बनेको देख्दा गर्व लाग्छ : प्रधानमन्त्री मोदी 
चन्द्रयान–३ : आँखा अगाडि इतिहास बनेको देख्दा गर्व लाग्छ : प्रधानमन्त्री मोदी  चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँखा अगाडि इतिहास बनेको देख्दा गर्व लागेको प्रतिक्रिया दिएका छन् । चन्द्रयान–३ बुधबार  साँझ ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको हो ।
संसदीय समितिमा सदस्य हेरफेर, कुन समितिमा को ? 
संसदीय समितिमा सदस्य हेरफेर, कुन समितिमा को ?  प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ ।
नेपाल विश्वविद्यालय विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो 
नेपाल विश्वविद्यालय विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो  प्रतिनिधि सभाको बुधबारको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । 
त्रिशूली दुर्घटना अपडेट : ट्रमा सेन्टरमा उपचाररत ९ मध्ये ३ को अवस्था गम्भीर
त्रिशूली दुर्घटना अपडेट : ट्रमा सेन्टरमा उपचाररत ९ मध्ये ३ को अवस्था गम्भीर धादिङको गजुरी गाउँपालिका—२ मा बुधबार भएको बस दुर्घटनाका घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.बद्री रिजालले बताएका छन् । त्रिशूली नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सर्वोच्चले भन्यो—निर्वाचन क्षेत्र विकासको बजेट तत्काल कार्यान्वयन नगर्नू
सर्वोच्चले भन्यो—निर्वाचन क्षेत्र विकासको बजेट तत्काल कार्यान्वयन नगर्नू प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आन्दमोदन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बजेट वक्तब्यको बुँदा नम्बर ४४५ र विनियोजन ऐनमा भएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी व्यवस्था र ती व्यवस्थाका लागि छुट्याइएको रकम तत्काल खर्च नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । 
भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्ने आयोग गठन होस् : प्रदीप पौडेल 
भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्ने आयोग गठन होस् : प्रदीप पौडेल  नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेसम्म भएका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्ने आयोग गठन गर्न माग गरेका छन् ।
Weather Update