News Griha :: न्यूजगृह
१० हजार घुससहित अमिन पक्राउ

लहान— सिरहाको लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव १० हजार घुस रकमसहित बुधबार दिउँसो पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले यादवलाई उक्त घुस रकमसहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।

जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारले दश हजार लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत  जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ । केही समयअघि पनि अख्तियारले सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृतलाई एक लाख घुससहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २१:१७
Weather Update