News Griha :: न्यूजगृह
कांग्रेस नेता कार्कीको मृत्यु, पार्थिव शरीरलाई बिहीबार पार्टी कार्यालयमा राखिने

काठमाडौं— नेपाली कांग्रेसका नेता डा.राजाराम कार्कीको मृत्यु भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका पूर्वप्रदेश सभा सदस्य कार्कीको बुधबार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा मृत्यु भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा.कार्कीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको डा.कार्कीका छोरा डा.अमितसिंह कार्कीले जानकारी दिए ।

धादिङ,नीलकण्ठ नगरपालिका निवासी नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवम् नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्वर्गीय कार्कीका २ श्रीमती, २ छोरा र एक छोरी छन् ।

यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले कार्कीको असामयिक मृत्युको खबरले स्तब्ध भएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

स्वर्गीय कार्कीको पार्थिव शरीरलाई बिहीबार भदौ ७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २१:४९
Weather Update