News Griha :: न्यूजगृह
भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्ने आयोग गठन होस् : प्रदीप पौडेल 

काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेसम्म भएका भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्ने आयोग गठन गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले नेपालमा चर्चामा रहेका सबै भ्रष्टाचारका घटनाकाे छानबिन गर्नेगरी समिति गठन गर्न माग गरेका हुन् ।

उनले भने,‘कुन–कुन घटनाको छानबिन गर्ने हो त्यसको बारेमा एउटा आयोग बनाऔं ।’

उनले अहिले गठन हुने भनिएको आयोग सुन प्रकरणसँग मात्रै जोडिएको भन्दै नेपालमा भ्रष्टाचारसँग जोडिएका घटना यतिमात्रै हो त ? भनेर प्रश्न गरे ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:५३
Weather Update