तीन सय रुपैयाँले घट्यो सुनको मूल्य बुधबार, भदौ २०, २०८०

सम्पत्ति शुद्धीकरण विधेयकमा सहमति जुटाउन ११ सदस्यीय संसदीय उपसमिति गठन बुधबार, भदौ २०, २०८० कानून, न्याय तथा मानव अधिकार समितिले विधेयकउपर दफावार छलफल गरेर प्रतिवेदन बुझाउने जिम्मेवारीसहित ११ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई १५ दिनको समय दिइएको छ । उपसमितिमा कांग्रेसबाट तीनजना, एमालेबाट दुई जना छन् । अन्यबाट एक–एक जना सदस्यहरु छन् । कांग्रेसबाट सदस्यको नाम टुंगो लाग्न बाँकी छ ।

अध्यागमनका तत्कालीन महानिर्देशक अधिकारीसँग सीआईबीले लियो बयान बुधबार, भदौ २०, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको तस्करीको ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ । सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त...

वुमेन्स टी-२० विश्वकप छनोट : वर्षाले खेल बिथोलिँदा नेपाल समूह उपविजेता बुधबार, भदौ २०, २०८० आईसीसी वुमेन्स टी२० विश्वकप छनोटमा नेपाल र यूएईबीच हुनुपर्ने खेल बुधबार वर्षाले बिथोलिएको छ । मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ को खेल लगातारको वर्षाले टस पनि सम्भव भएन । यो स्थितिमा यूएई यो समूहको विजेता बन्यो भने नेपाल उपविजेतामै सीमित रह्यो । दुवै टिम लिग चरणमा अपराजित रहेका थिए र...

एसिया कप क्रिकेट : फाइनल प्रवेशका लागि पाकिस्तान र बङ्गलादेश भिड्दै बुधबार, भदौ २०, २०८० पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फर्म्याटमा खेलाइएको हो । जसमा भारत, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान भिडेका थिए । यसअघि नै भारतले पाकिस्तान र बङ्गलादेशलाई पराजित गर्दै र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

खोलामा करेन्ट लगाएर माछा मार्ने दुईजना पक्राउ बुधबार, भदौ २०, २०८० जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दै गरेका अवस्थामा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ ।

ट्रमा सेन्टरमा कार्यरत डाक्टर मृत भेटिए बुधबार, भदौ २०, २०८० सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका डाक्टर प्रज्ज्वल कोइरालाको शव फेला परेको छ । झापा, दमक नगरपालिका–१ का उनी मोरङ उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए। ३२ वर्षीय कोइरालाको शव मंगलबार अपराह्न फेला परेको प्रहरीले जनाएको छ ।

देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै बुधबार, भदौ २०, २०८० नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौंको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा...

वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपाल र यूएईबीचको खेल रद्द बुधबार, भदौ २०, २०८० मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र यूएईबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुनसकेको छैन ।

समाजवादी मोर्चाले तीन प्रदेशमा सन्देश सभा गर्ने बुधबार, भदौ २०, २०८० मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए । मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ ।

सुदूरपश्चिममा डेंगुको उच्च जोखिम बुधबार, भदौ २०, २०८० सुदूरपश्चिम प्रदेश डेंगु सङ्क्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेंगु सङ्क्रमित फेला पर्न थालेपछि यहाँ उच्च जोखिम रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यस प्रदेशमा सन् २०२३...

सर्यो कक्षा १२ को ग्रेड वृद्धि परीक्षा बुधबार, भदौ २०, २०८० राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको मिति सरेको जनाएको छ ।

बाग्लुङका रैथाने मगरले मनाए भदौरे सिस्नो खोस्ने पर्व बुधबार, भदौ २०, २०८० भदौ शुक्ल (उजेली) पक्ष पारेर बाग्लुङको तारागाउँका रैथाने मगरले भदौरे सिस्नो खोस्ने पर्व उल्लासपूर्वक मनाए । चार दिनसम्म चलेको पुस्तैनी पर्वलाई उनीहरूले मंगलबार बिदाइ गरे ।








