
काठमाडौं— एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि बुधबार पाकिस्तान र बङ्गलादेश प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली समय अनुसार खेल सवा ३ बजे सुरु हुनेछ । आजको विजेता टोलीले शुक्रबार भारतसँग उपाधिका लागि भिडन्त गर्ने छ ।
पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फर्म्याटमा खेलाइएको हो । जसमा भारत, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान भिडेका थिए । यसअघि नै भारतले पाकिस्तान र बङ्गलादेशलाई पराजित गर्दै र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ। समूह 'बी'बाट श्रीलंका शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । बुधबार बङ्गलादेश र पाकिस्तानले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सुपर फोरको खेलमा पाकिस्तान र बङ्गलादेशले अफगानिस्तानलाई पराजित गरेका थिए । भारतसँग भने दुवै टिम पराजित भएका थिए । त्यसैले पाकिस्तान र बङ्गलादेशको २–२ अङ्क रहेकाले आजको विजेता टोली नै फाइनल पुग्ने छ ।
श्रीलंकाले हिजो भएको खेलमा अफगानिस्तानलाई दुई रनले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । अफगानिस्तान समूह बी र नेपाल समूह ए बाटै बाहिरिने टोली बनेका छन् ।