
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने श्याम सापकोटा को हुन्? बुधबार, भदौ २०, २०८० पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि खुकुरी प्रहार भयो । उनको टाउकोमा चोट लागेको छ । यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका-७ बस्ने ४७ वर्षीय श्याम सापकोटा छन् ।

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार बुधबार, भदौ २०, २०८० नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । खुकुरी हानेको आरोपमा एक जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ : मन्त्री श्रेष्ठ बुधबार, भदौ २०, २०८० उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् । चितवनको माडीमा बुधबार उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिटै सरकारकै नाममा दर्ता हुने जिकिर गरे ।

स्वदेश आइपुग्यो क्रिकेट टिम, विमानस्थलमा भव्य स्वागत बुधबार, भदौ २०, २०८० श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।

विद्यार्थी नै बेच्छन् तरकारी बुधबार, भदौ २०, २०८० केही विद्यार्थीले तरकारी तौलिइरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुजजुर माविमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीहरूले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर...
किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याउँछौँ : परराष्ट्रमन्त्री साउद बुधबार, भदौ २०, २०८० बुधबार तुम्लिङटार विमानस्थलमा पत्रकारसँग उनले उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताएका हुन् । किमाथाङ्का नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने परराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्का नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

५१ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा, कहाँकहाँ छन्? बुधबार, भदौ २०, २०८० ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले यी चार्जिङ स्टेसनको संयूक्त रुपमा उद्घाटन गरे । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय चार्जिङ...

प्रसूति अस्पतालमा आजदेखि अनलाइन टिकटको व्यवस्था बुधबार, भदौ २०, २०८० परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले आजदेखि अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ ।अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजदेखि लागू हुनेगरि बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरेको हो ।

काठमाडौंमा ‘सिंहदरबार’ जस्तै अब जनकपुरमा ‘जनक दरबार’ बुधबार, भदौ २०, २०८० बुधबार जनकपुरधामको बेंङ्गाशिवपुरमा श्रीकृष्ण जन्माष्टमी मेला तथा कलश यात्राको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले जनकपुरधामको बाउन्न बिघा जमिनमा प्रदेशको हरेक मन्त्रालय र मुख्य प्रशासनिक इकाई बनाएर जनक दरबारको रुपमा स्थापित गर्ने बताए ।

सुक्न थाल्यो सबैभन्दा उच्च स्थानको ‘नेभिगेबल ताल’ बुधबार, भदौ २०, २०८० दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियाको सीमानामा पर्ने विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका (नेभिगेबल ताल) द्रुतगतिमा सुक्दै गएको छ ।अकल्पनीय चिसोतातो लहरका कारण तालको पानी कम हुँदै गएको हो । तालको पानीमा देखिएको आश्चर्यजनक गिरावटले जीविकोपार्जनका लागि यस तालमा निर्भर स्थानीयहरू समस्यामा परेका छन् । पर्यटन पेसमा संलग्न, माछा...

बागमती प्रदेशसभा बैठक पुनः स्थगन बुधबार, भदौ २०, २०८० प्रदेश सभाको अर्को बैठक भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।
![देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो [तस्बिरसहित]](https://newsgriha.com/uploads/posts/krishna1693983093.jpg)
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो [तस्बिरसहित] बुधबार, भदौ २०, २०८० यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ । त्यस्तै, बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा...









