भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन
स्वदेश आइपुग्यो क्रिकेट टिम, विमानस्थलमा भव्य स्वागत

काठमाडौं— एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ ।
श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगिएको थियो । ब्याण्ड टोलीले मंगलधुन बजाएर टोलीको स्वागत गरेको थियो । नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका हुन् ।
समूह चरणमा भारत र पाकिस्तानविरुद्ध निडर र साहसिक प्रदर्शन गरेको भन्दै क्रिकेट समर्थकहरुसमेत टोलीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १४:२३