News Griha :: न्यूजगृह
वुमेन्स टी-२० विश्वकप छनोट : वर्षाले खेल बिथोलिँदा नेपाल समूह उपविजेता 

काठमाडौं— आईसीसी वुमेन्स टी२० विश्वकप छनोटमा नेपाल र यूएईबीच हुनुपर्ने खेल बुधबार वर्षाले बिथोलिएको छ ।

मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ को खेल लगातारको वर्षाले टस पनि सम्भव भएन । यो स्थितिमा यूएई यो समूहको विजेता बन्यो भने नेपाल उपविजेतामै सीमित रह्यो । दुवै टिम लिग चरणमा अपराजित रहेका थिए र यो खेल सम्भव भएको भए नेपालसामु समूह जित्ने अवसर थियो ।

दुवै टिम समान नौ अङ्कमा रहे । यूएई नेट रन रेटको आधारमा शीर्षमा रहेको हो । दुवै टिम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । अन्तिम चारमा नेपालको प्रतिद्वन्द्वी बारे भने निर्णय हुन बाँकी छ । समूह ‘बी’ मा हङकङ र थाइल्यान्ड शीर्ष स्थानमा छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ११:१३
Weather Update