News Griha :: न्यूजगृह
वुमन्स टी-२० विश्वकप एसिया छनोट : नेपाल र यूएईबीचको खेल रद्द

काठमाडौं— मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र यूएईबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।

यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुरु हुन सकेको छैन । 

प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ । लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ । समूह ‘ए’ मा चार खेल जितेको युएई चार खेलमा आठ अङ्कसहित रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

नेपाल दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०९:५०
Weather Update